धरान । धरान उपमहानगरपालिका–१६ विशाल मार्गबाट ९ हजार ८ सय ट्याब्लेटसहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सचिन राई, २० वर्षीय सौरव राई, धरान–११ बस्ने २४ वर्षीय अशविन लिम्बू, धरान–१७ बस्ने २५ वर्षीय सञ्जय खड्का र २५ वर्षीय सुजन राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतबाट खटिएको प्रहरीले सचिनको घर खानतलासी गर्दा उक्त परिमाणमा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।































