धरान । सुनसरीको धरानमा नेपाल शिक्षक महासङ्घ गठन भएको छ । धरान–८ स्थित ल्यावोरेटरी स्कुलमा भएको शिक्षकहरूको भेलाले अशोक पोखरेलको अध्यक्षतामा तदर्थ कार्य समिति चयन गरेको छ । 

समितिको सह–अध्यक्षमा राजेन्द्र खतिवडा, उपाध्यक्ष खुलामा एमकुमार खत्री र महिला उपाध्यक्षमा लक्ष्मी भट्टराई बस्नेत, सचिवमा टेकबहादुर ढकाल, सह–सचिव खुलामा रविन थापा, सह–सचिव अर्थमा केशवप्रसाद खतिवडा, महिलामा फुलनदेवी लिम्बू, सह–सचिवहरूमा ठमेन्द्र बराल, सविता राई, मनु तामाङ र मङ्गलसिंह तामाङ चयन भए ।

यसैगरी सदस्यहरूमा वन्दना रम्तेल, जितमाया लिम्बू, प्रगति श्रेष्ठ, सुरेन्द्र अधिकारी, लोकेन्द्र राई, ऋद्धिकुमार राई, तुफानकुमार मगर, गिरिजाचेली राई, शान्तिला भट्टराई, मनमाया भुर्तेल, टेकबहादुर राई, किशोर राई, सूर्यबहादुर राई, नन्दकुमारी भण्डारी, भीमा राई चयन भएका छन् । यस्तै पदेन सदस्यहरूमा राजनकुमार वन, आशबहादुर राई, काजीबहादुर लामा, क्षितिज राई रहेका छन् । 

धरानमा पहिलोपटक महासङ्घ गठन भएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल विद्यालय कर्मचारी परिषद्को सहभागितामा महासङ्घ निर्माण गरिएको हो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।