काठमाडौं । एनसेलले सोमबारदेखि नयाँ ९७१ नम्बर रेञ्जका मोबाइल नम्बर वितरण सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठमै अनुमति दिएको यो रेञ्ज ९८०, ९८१, ९८२ र ९७० नम्बर पर्याप्त नभएपछि उपलब्ध गराइएको हो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तका अनुसार बढ्दो डिजिटल कारोबार र मोबाइल–आधारित सेवाको माग पूरा गर्न नयाँ रेञ्ज उपयोगी हुनेछ।

साथै, एनसेलले सरकारी तथा गैर–सरकारी संस्था, बैंक, वित्तीय संस्था र सेवाप्रदायकलाई आफ्नो प्रणालीमा ९७१ नम्बर रेञ्ज छिटो अपडेट गर्न आग्रह गरेको छ। डिजिटल सेवाको विस्तारसँगै यो रेञ्जले सेवा पहुँच अझ सहज बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ।