धरान । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् ।
एनसेलका अध्यक्ष सतीशलाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गरे । मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए । एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिए ।
यसक्रममा कम्पनीका अध्यक्ष एवम् सिईओले जेन जी प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको जानकारी गराएका थिए । यस्तै काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको उल्लेख गरेका थिए । “जेन जी आन्दोलनका क्रममा एनसेललाई ६५ करोड बराबरको क्षति भएकामो हामीलाई दुःख लागेको छ । सरकार एनसेलको साथमा छ” मन्त्री खरेलले भने ।
एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै आएको बताए ।
सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए । नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेकोे छ ।
































