धरान । प्रभु बैङ्कका कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आइतबार पक्राउ गरेको छ । 

उनलाई बैङ्कको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैङ्किङ कसूर आरोपमा पक्राउ गरिएको सिआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । उनीमाथि बैङ्कलाई हानिनोक्सानी पु¥याएर बैङ्किङ कसूर गरेको आरोप लाग्दै आएको छ । उनले कर्जा दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । यसअघि सिआईबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसूरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पक्राउ गरेको थियो ।