धरान । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो चरणका खेलहरू मोबाइलमा प्रत्यक्ष प्रसारण हेर्नका लागि ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ । 

दोस्रो चरणका खेलहरू हेर्नका लागि डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि उक्त प्याक ल्याएको जनाएको छ । ग्राहकहरूले डिसहोम गो एपमार्फत् हाल सञ्चालित खेलहरू प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका छन् । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित दुई सय ९९ रुपैयाँ पर्ने एनपीएल प्ले प्याक लिन सक्ने जनाइएको छ । 

एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रूपमा पाउने जनाइएको छ । ग्राहकले एनसेल एप वा एष्ट्रिक्स १२३ ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्ने जनाएको छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत् डिसहोम गो एप लगइन गरी एनपीएलका खेलहरू लाइभ हेर्न पाउने जनाइएको छ । 

एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’ का रूपमा सहकार्य जारी राखेको छ । एनपीएलका खेलहरूलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरू पनि सार्वजनिक गरिसकेको छ ।