बराहक्षेत्र । इलाका प्रहरी कार्यालय चक्रघट्टीले कारसहित ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १ बजे बराहक्षेत्र नगरपालिका–५, विशाल चौक नजिकै धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको द्यच् ज्ञज्ञ द्यच् ठज्ञण्द्द नम्बरको कार र नम्बर नखुलेको २२० सिसीको पल्सर मोटरसाइकललाई रोक्ने प्रयास गरिएको थियो। तर तस्करहरू सवारी साधन छोडेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार कारको चेकजाँच गर्दा ११ वटा प्लास्टिकका पोका भित्र ३४० किलोग्राम गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजा, कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ। प्रहरीका अनुसार फरार तस्करहरूको खोजी तथा थप अनुसन्धान भइरहेको छ।