धरान । हङ्कङमा योगा सिकाएर सङ्कलित रकम सुनसरीको धरान–१६ स्थित सुस्त मनस्थिति विद्यालय र ओशो महापरिनिर्वाण ध्यान केन्द्रलाई सहयोग गरिएको छ । 

धरान–११ घर भई हाल योगा शिक्षिकाको रूपमा रहेकी विद्या राईले सुस्त मनस्थिति विद्यालयलाई १ लाख र ओशोलाई ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् । उनले ओशो आश्रममा केही दिनअघि पनि योगा सिकाएकी थिइन् । उनले शनिबार विद्यालय तथा केन्द्रलाई सहयोग गरेकी हुन् ।

दुई वर्षअघि पनि उनले सुस्त मनस्थिति विद्यालयलाई यातायातका लागि दुई लाख रुपैयाँ सहयोग गरेको बताइन् । धरानमा रहेकी उनले शनिबार ओशो आश्रममा ओशो सन्यासीहरूलाई योगा कक्षा लिएकी थिइन् । ओशो केन्द्रका स्वामी ध्यान बोधीलाई रकम हस्तान्तरण गरिन् ।