धरान । धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा आइतबार सम्पन्न तीनदिने ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल ‘बी’ लेभलको उपाधि संयोग बस्नेत र सगुन कार्कीको जोडीले जितेको छ । 

धरान–१३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय भवन कभर्ड हलमा सम्पन्न फाइनल प्रतियोगितामा सोलुका संयोग र सगुनको जोडीले उदयपुरका हिमाल श्रेष्ठ र सुशील तिम्सिनालाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । 

उपविजेता हिमाल–सुशीलको जोडीले नगद २७ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त ग¥यो । यसैगरी इटहरीका प्रदीप श्रेष्ठ÷जोसेफ ठकुरी र ताप्लेजुङका गौरव लिम्बू÷एन्ड्रेस लिम्बूको जोडी संयुक्त तेस्रो स्थान सुरक्षित गर्दै ९–९ हजार रुपैयाँसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

यसैगरी मिक्स डबलतर्फको प्रतिस्पर्धामा अनमोल राई र गीता राईको जोडीले सन्दीप राई र मनिषा तामाङको जोडीलाई १६–२१, २१–१७ र २१–११ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि हात पारे । विजेता अनमोल र गीताको जोडीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता सदीप राई÷मनिषा तामाङले १८ हजार नगद प्राप्त गरे । सुनसरीका मनि चाम्लिङ राई÷रोजी राई र इलामका विशाल थापा÷योगिता थापाको जोडी संयुक्त रूपमा तेस्रो भई ५–५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

 ‘सी’ लेभलको आन्तरिकतर्फको उपाधि धरानका मनिल राई र आशिष राईको जोडीले हात पारेको छ । उनीहरूले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । उपविजेता जीवन पतङ्वा÷कर्णदल लिम्बूले १० हजार र तेस्रो भएका राम लिम्बू÷जीवन लिम्बूको जोडी तथा सकुल गुरुङ÷कुमार राईको जोडीले ३–३ हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र, मेडल प्राप्त गरेका छन् । 

कोशी प्रदेशभरिका तीन सय ८२ जना खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएको सचिव ज्ञानबहादुर तेम्बेले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, सुनसरी ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रतीक श्रेष्ठ, ग्रुपका अध्यक्ष मनि चाम्लिङ राई, धरान ब्याडमिन्टन सङ्घका अध्यक्ष टङ्क लिम्बू, भूतपूर्व ब्रिटिस सैनिक मुक्ति श्रेङ चोङ्वाङलगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा खेलप्रतिको समर्पण र प्रेरणाको कदर गर्दै मोरङका शारीरिक रूपमा अशक्त खेलाडी हेम गुरुङलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको आयोजक ग्रुपका उपाध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । राष्ट्रिय खेलाडीहरू विशाल तामाङ, भोजबहादुर गुरुङ, महेश खड्का, विनय चौधरीले मैत्रीपूर्ण खेल खेलेका थिए । उनीहरूलाई समेत नगद ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।