विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।
सोमबार बेलुका ४८ वर्षीय महेश चौधरीले फलाम काट्ने ग्रेन्डरले बालकको लिङ्गको टुप्पो काटिदिएका हुन् ।
महेश ग्रील पसल सञ्चालन गर्छन् । ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोराको लिङ्ग काटेका हुन् । घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । बालकाको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार महेश चौधरीले नै बालकलाई उपचारका लागि लिएर आएका हुन् । बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको थियो । चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।