धरान । भिडियो स्ट्रिमिङ एप्स ‘टिकटक’ मा अश्लील दृश्य सामग्री पठाएको अभियोगमा ‘साइबर अपराध’ मुद्दामा एकजना सुनसरीका युवा पक्राउ परेका छन् ।
सङ्खुवासभाकी २५ वर्षीया एक महिलालाई टिकटकमार्फत् अश्लील भिडियो तथा फोटो पोष्ट गरेको अभियोगमा सुनसरी हरिनगर गाउँपालिका–१ का २५ वर्षीय जुबेर आलम मियाँलाई पक्राउ गरिएको हो ।
पीडिताले दिएको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले गत वैशाख २९ गते पक्राउ गरेको सूचना अधिकारी अभिषेककुमार श्रेष्ठले जानकारी दिए । उनलाई साइबर अपराधको कसूरमा पक्राउ गरी कारबाही अगाडि बढाइएको उनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् । उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट नियन्त्रणमा लिई जिल्ला अदालत चैनपुर, सङ्खुवासभाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
आरोपित युवाले वैशाख २५ गते अश्लील तस्बिर तथा दृश्य सामग्री पठाएका थिए । प्रहरीमा पीडिताले वैशाख २९ गते उजुरी दिएकी थिइन् । पक्राउ परेका उनलाई वैशाख ३१ गते म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।