भद्रपुर । पति–पत्नीबीच विवाद हँुदा पतिले पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

झापा कनकाई नगरपालिका–२ सुकेडाँगी बस्ने अन्दाजी वर्ष ३५ का कविराज हेमरनले आफ्नी पत्नी अन्दाजी वर्ष ३४ की पूजा हेमरनलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार राति अन्दाजी ११ः२० बजेको समयमा उनीहरूबीच झगडा हँुदा कविराजले धारिलो हतियार (खुकुरी) ले घाँटीमा प्रहार गरी हत्या गरेको जिल्लाका इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

घटनापछि  खोजतलासको क्रममा कविराजलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको उनले जनाए ।  घटनास्थल सुरक्षित राखिएको र खुकुरी घटनास्थलबाट प्रहरीले बरामद गरेको जनाएको छ । आरोपी कविराजलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखिएको छ ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ । अरोपीलाई आइतबार झापा जिल्ला अदालतबाट कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।