धरान । धनकुटाको राजारानीस्थित इलाका प्रहरी कार्यालयमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत असइ प्रेमबहादुर कट्वालको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनी इटहरी–२० धनपुरस्थित घरको दोस्रो तलाबाट आइतबार लडेर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको उनले बताए । पोष्टमार्टमपछि मृतकका दाजु भक्तबहादुर कटवालले शव बुझेका छन् ।