Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • कृषि सङ्कलन केन्द्र स्थापना

कृषि सङ्कलन केन्द्र स्थापना

alt
  • असोज २३, २०८१
  • ब्लाष्ट खबर

खोटाङ/केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ।

कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख लगानीमा गाउँपालिकाको कृषि शाखासँगै जोडिएको कार्यालय भवनमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिए।

“कृषकको कृषि उपजले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मूल्यमा कृषि खरिद गर्छ, खरिद गरेर सङ्कलित कृषि उपजलाई अन्य स्थानमा सप्लाई गरिदिन्छौँ”, उनले भने, “आगामी दिनमा कृषकको कृषि उपज बजार नपाएर कुहिँदैन, गाउँपालिकाले खरिद गर्छ, कृषकले त्यसको मूल्य पाउँछ ।”

सङ्कलन केन्द्रमा जम्मा भएका अकबरे खुर्सानीलाई अचार, रायो सागलाई गुन्द्रुक, आलुलाई चिप्स, पिँडालुलाई सुकुटीलगायत परिकार बनाएर बिक्री गर्नेगरी कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। कृषि सङ्कलन केन्द्रमा सङ्कलित कृषि उपजलाई राजधानी काठमाडौँलगायत सहरसँग समन्वय गरेर निर्यात गर्नेसम्मको योजना बनाइएको गाउँपालिकाले जनाएको छ।

सो गाउँपालिकाका कृषक यसअघिसम्म घरबाट बोकेर लगेका कृषि उपज बिक्री नभएपछि पुनः बोकेरै घर फर्काउनुपर्ने बाध्यतामा थिए । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन नहुँदा कृषकले उत्पादन गरेका कृषि उपज उनी आफैँले डोकोमा बोकेर बिक्री गर्न लानुपर्ने बाध्यता छ।

यसैबीच, गाउँपालिकाले तोरी उत्पादक कृषिकलाई दिँदै आएको अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। व्यावसायिक तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका आधारमा अनुदान उपलब्ध गराउनेगरी सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएपछि गाउँपालिकाले यस वर्ष पनि निरन्तरता दिएको हो ।
व्यावसायिक तोरीखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातीत खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए।

“किसानलाई व्यावसायिक रुपमा तोरीखेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम अघि सारिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरीखेती प्रवद्र्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नाका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

गाउँपालिकाको अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरीखेती लगाउनुपर्ने जनाइएको छ।व्यावसायिक तोरीखेती गर्ने कृषकले अनुदान पाउनका लागि कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइँदै आएको छ । तोरीखेती प्रवद्र्धनका लागि गाउँपालिकाले अनुदान कार्यक्रम लागू गरेपछि कृषकसमेत उत्साहित भएका छन्।
सम्बन्धित समाचार
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि

विराटनगर । गत भदौ २४ गते ‘जेन जी आन्दोलन’ का नाममा मोरङमा भएको अराजक प्रदर् ...

बनेर पनि नचलेको धरान बसपार्क

धरान । लामो समयको विवादपश्चात् निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि ...

उपचारको क्रममा चालकको मृत्यु

धनकुटा । शैक्षिक भ्रमणबाट फर्कंदै गरेको सुनसरीको रामधुनी नगरपालिका–५ को पिङ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि
बनेर पनि नचलेको धरान बसपार्क
उपचारको क्रममा चालकको मृत्यु
अनियमिततामा संलग्नलाई कारबाही गर
आजको राशिफलः २०८२ साल मङ्सिर १७ गते बुधबार
दलितविरुद्ध एमाले मत, मतपत्र र प्रतिनिधित्वमा विभेद
वन निगमको बदमासी बाहिरिएपछिः छानबिनपछि ‘बी’ ग्रेडको साल ‘ए’ ग्रेड कायम
दमकमा थप ५८ राउण्ड गोली फेला
एड्स रोगको उपचारमा ध्यान देऊ
आजको राशिफलः २०८२ साल मङ्सिर १६ गते मङ्गलबार
अस्मिता बिष्टको 'ब्ल्याकहोलमा गीतहरू’ कवितासङ्ग्रहको रचनाशिल्प र थिमेटिक अध्ययन
प्रभु बैङ्कका सिइओ पक्राउ
सरकारी कार्यालयमा आगजनी गर्ने पाँच पक्राउ
कामबाट निकालेको निहुँमा व्यवस्थापकको हत्या
एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved