Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

पच्चिस करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

alt
  • भदौ ९, २०८१
  • ब्लाष्ट खबर

झापा/ मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोनाकालमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ।

कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो।

चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ।

त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन्। हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ। यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको छ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौँ लगनी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन सरकारसँग पटकपटक आग्रह गरेको बताए। “यस्ता संरचनाहरु प्रयोग नगरी नाशिने अवस्थामा पुग्न दिनुहुँदैन,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो, “यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन् । लागू औषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ। जसरी हुन्छ यसको सदुपयोग हुन्छ।”
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले झापा र मोरङमा रहेको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको बताए।
सम्बन्धित समाचार
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको व्यवस्थापकीय क ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत प ...

काङ्ग्रेसमा चलेको संस्थापनको अलाप

धरान । काठमाडौँबाट प्रकाशित मूलधारका सञ्चारमाध्यमहरूलाई मान्ने हो भने नेपाल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द
सुनचाँदीको मूल्य वृद्धि
काङ्ग्रेसमा चलेको संस्थापनको अलाप
जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति
धरान उपमहानगर प्रमुख साम्पाङ सम्मानित
वीपी प्रतिष्ठानलाई व्हीलचियर र ट्रली सहयोग
सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना कामदारको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रधानमन्त्रीलाई एनसेलको १६ बुँदे ध्यानाकर्षण
विशेष महाधिवेशनबाट गगन भए सभापति
६ हजार भक्काको स्वाद
काङ्ग्रेस तेस्रोपटक विभाजित
मालपोतको ढड्डामा ‘भद्रगोल’
लोकतान्त्रिक पार्टी चोइटिनुको अर्थ
आजको राशिफलः २०८२ साल माघ १ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved