Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

alt
  • भदौ ३, २०८१
  • ब्लाष्ट खबर

भोजपुर/पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ।

आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो। यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो।

त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ। उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ।

उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ।


उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिएका छन्।

दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ। यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिएका छन्।

यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ। यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट २० लाख विनियोजन भएको उनले जानकारी दिए।

“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ। खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन्।”

उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए।

यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ। उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा छ।

“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भने, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ। उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ।” यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ। “यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो। उद्यान निर्माणले यसको थप उजागर हुन्छ। संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ।”

सम्बन्धित समाचार
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?

भद्रपुर । काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको ‘आधार इलाका’ झापा– ३ मा विप ...

ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या

ओखलढुङ्गा । यहाँको चिसङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बि ...

सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले मन्त्रालय सम् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?
ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या
सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप
स्पष्टीकरण नदिए सशक्त कारबाही गरियोस्
आजको राशिफलः २०८२ साल माघ १४ गते बुधबार
चेस पजल सोल्भिङमा २१ जनाको होड
कोशीका मुख्यमन्त्रीदेखि पूर्व सञ्चारमन्त्रीसम्मलाई आयोगको स्पष्टीकरण
रेवाहाङ स्मृति बास्केटबलको उपाधि मेघा हिमालयन कलेजलाई
खुकुरी देखाई आतङ्क मच्चाउने पक्राउ
राष्ट्रिय सभाले देखाएको निर्वाचनको परिदृश्य
आजको राशिफलः २०८२ साल माघ १३ गते मङ्गलबार
भोट दिनुअघि सोच्नुपर्ने विषयहरू
राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व
मन्त्रीको तीन महिने प्रगति विवरणः स्वास्थ्य बिमामा समस्यै समस्या
सियोन ट्यालेन्ट हन्टमा सृष्टि र लासेमी च्याम्पियन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved