Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

alt
  • साउन १९, २०८१
  • ब्लाष्ट खबर

झापा/जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन्। सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन्।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए।


“अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ।”

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए। जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनले ठम्याइ छन्। उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काउनुभएको थियो। असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उहाँले जानकारी दिए। बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गर्नुभएको छ। किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा रु एक सयदेखि एक सय २० सम्ममा किनेर लैजाने गरेका छन्। जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन्।
“सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु”,उनले भने “मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ।” भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताए।

“सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन”, उहाँले भन्नुभयो, “किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन।” सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरेका छन्। सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए। केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ। झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ। हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन्। खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ।

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए।

उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताए। यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन्।

नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन्।
सम्बन्धित समाचार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क् ...

कार्यान्वयन नगर्न अदालतको आदेश

विजयपुर । धरान उपमहानगरपालिकाले गरेको दरबन्दी मिलान तत्काल कार्यान्वयन नगर् ...

इलामका किसान व्यावसायिक स्कुस खेतीतर्फ आकर्षित

इलाम । इलामका किसानले नेपालको मध्यपहाडी र उच्च भेगमा उत्पादन हुने बहुगुणी त ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
भदौ १९, २०८३
कार्यान्वयन नगर्न अदालतको आदेश
भदौ १८, २०८३
इलामका किसान व्यावसायिक स्कुस खेतीतर्फ आकर्षित
भदौ १८, २०८३
जीवन बचाउने चमत्कारी वृक्षः शीतलचिनी
भदौ १८, २०८३
बाढीपीडितलाई अरनिको कलेजद्वारा १० लाख सहयोग
भदौ १८, २०८३
सीमान्तकृत समुदायको अधिकार परिणाममुखी बनाउन जोड
भदौ १८, २०८३
भदौ २२ राष्ट्रिय शोक, २३ गते सार्वजनिक बिदा
भदौ १८, २०८३
जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग
भदौ १८, २०८३
लागूऔषधसहित सात जना पक्राउ
भदौ १८, २०८३
सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग
भदौ १८, २०८३
भोटेकोशी बाढीः १२५२ शव फेला
भदौ १८, २०८३
टनेलभित्र फसेकाको खोजीमा ‘अन्डरग्राउन्ड’ अप्रेसन
भदौ १८, २०८३
कोशी प्रदेशसभा: वार्षिक प्रतिवेदन पेस
भदौ १८, २०८३
आलेखः ‘आमा, धन्न बाँचेर आएँ’
भदौ १८, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
भदौ १९, २०८३
कार्यान्वयन नगर्न अदालतको आदेश
भदौ १८, २०८३
इलामका किसान व्यावसायिक स्कुस खेतीतर्फ आकर्षित
भदौ १८, २०८३
जीवन बचाउने चमत्कारी वृक्षः शीतलचिनी
भदौ १८, २०८३
बाढीपीडितलाई अरनिको कलेजद्वारा १० लाख सहयोग
भदौ १८, २०८३
सीमान्तकृत समुदायको अधिकार परिणाममुखी बनाउन जोड
भदौ १८, २०८३
भदौ २२ राष्ट्रिय शोक, २३ गते सार्वजनिक बिदा
भदौ १८, २०८३
जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
भदौ १८, २०८३
भोटेकोशी बाढीपीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग
भदौ १८, २०८३
लागूऔषधसहित सात जना पक्राउ
भदौ १८, २०८३
सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग
भदौ १८, २०८३
भोटेकोशी बाढीः १२५२ शव फेला
भदौ १८, २०८३
टनेलभित्र फसेकाको खोजीमा ‘अन्डरग्राउन्ड’ अप्रेसन
भदौ १८, २०८३
कोशी प्रदेशसभा: वार्षिक प्रतिवेदन पेस
भदौ १८, २०८३
आलेखः ‘आमा, धन्न बाँचेर आएँ’
भदौ १८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क