Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

alt
  • साउन १९, २०८१
  • ब्लाष्ट खबर

झापा/जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन्। सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन्।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए।


“अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ।”

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए। जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनले ठम्याइ छन्। उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काउनुभएको थियो। असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उहाँले जानकारी दिए। बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गर्नुभएको छ। किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा रु एक सयदेखि एक सय २० सम्ममा किनेर लैजाने गरेका छन्। जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन्।
“सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु”,उनले भने “मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ।” भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताए।

“सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन”, उहाँले भन्नुभयो, “किसान साथीहरु होसियार हुनुहोस्, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन।” सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरेका छन्। सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए। केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ। झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ। हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन्। खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ।

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए।

उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताए। यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन्।

नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन्।
सम्बन्धित समाचार
अकबरे खुर्सानीलाई ब्राण्डिङ गर

कृषिप्रधान मुलुक रहेको नेपालमा कृषिजन्य नगदेबालीहरुलाई प्रवर्धन गर्न आवश्यक ...

आजको राशिफलः २०८२ साल मङ्सिर २२ गते सोमबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २२ गते सोमबार, ...

डेढ लाख रुपैयाँको माछा बरामद

धरान । झापाको कन्काई नगरपालिका ३ नजिकैबाट प्रहरीले भन्सार छली गरी ल्याएको म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अकबरे खुर्सानीलाई ब्राण्डिङ गर
आजको राशिफलः २०८२ साल मङ्सिर २२ गते सोमबार
डेढ लाख रुपैयाँको माछा बरामद
अंशु हत्या प्रकरण: बलात्कारपछि ‘पोल खुल्ने’ डरले हत्या
धरानमा ४ करोडभन्दा बढीको अकबरे कारोबार
एनसेलले एनपीएल खेलका चौका बापत शैक्षिक सामग्री
नोबेलमा बालकको आँखा गुमेको घटनाको प्रतिवेदन बुझाइयो
धरान–इटहरी सडकखण्डमा बस दुर्घटना, २४ जना घाइते
आजको राशिफलः २०८२ साल मङ्सिर २१ गते आइतबार
दुर्घटनामा एकको मृत्यु १२ घाइते
अनियमिततामा मुछिएका कार्यालय प्रमुख झाको सरुवा
‘गाउँ आएको बाटो’ हङ्कङको विश्वविद्यालयमा प्रदर्शन
सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र
सरकारी प्रणालीको चरित्र उजागार गर्ने एउटा घटना
आजको राशिफलः २०८२ साल मङ्सिर १९ गते शुक्रबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved