धरान/किराँत जातिको संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव आईतवार देखी सुरु भएको छ।

धनकुटामा सुम्निमा पारुहाङ भवन निर्माणका लागि सहयोगार्थ सञ्चालित उत्सव  जेठ ३२ गतेसम्म रहने आयोजक संस्था किराँत राई यायोख्खा धनकुटाले जनाएको छ। धनकुटाको तल्लो टुँडिखेलमा सुरु भएको उत्सवमा जातीय खानाका परिकार, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित १० वटा स्टल रहेका छन्।

‘आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभुषाको प्रदर्शन, आर्थिक समृद्धिका लागि स्वच्छ पर्यावरण र पर्यटन’ भन्ने मूल नाराका साथ सुरु भएको उत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेषभुषा प्रदर्शनी गरिने आयोजकले बताएको छ।

आयोजक समितिका संयोजक एवं किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका कार्यवाहक अध्यक्ष पृथुराम राईले सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न उदेश्यले उत्सव संञ्चाल गरिएको छ। यसले सबै किँरातीहरुको पहिचानलाई समेटने र आर्थिकरुपमा पनि सबल हुने आशा व्यक्त गरे छन्। 

धनकुटा नगरपालिका वडा नम्बर –६ राई कुवा टोलमा रहेको किराँत साथ सुरु भएको उत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ। 

आयोजक समितिका संयोजक एवं किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका कार्यवाहक अध्यक्ष पृथुराम राईले सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न उत्सव फलदायी बन्ने आशा व्यक्त गरे। धनकुटा नगरपालिका  नम्बर–६ राई कुवा टोलमा रहेको किराँत राई यायोखाको जग्गामा भवन बनाउन सहयोग पुर्‍याउन अभियान सुरु गरिएको उनको भनाइ छ।

किराँत उत्सवको उद्धघाटनमा नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्र कुमार राईले गरे। उत्सव उद्धघाटनको अवसरमा धनकुटामा रहेको विभिन्न जातजातिको मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो। जसमा किराँत याक्थुङ चुम्लुङ, किराँत आठपहरिया समाज, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, नेवाःपुचः लगायतले आ–आफ्नो भेषाभूषामा सजिएर मौलिक साँस्कृतिक नृत्य प्रश्तुत् गरेका थिए।

किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका कार्यवाहक अध्यक्ष पृथुराम राइको अध्यक्षतमा सम्पन्न किराँत उत्सव उद्धघाटन समारोहमा प्रदेश माननिय एवं आर्थिक राज्य मन्त्री निरन राई, आदिवासी जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक एवं पहिचानवादी कांग्रेसी नेता आनन्द सन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई, यायोखाका केन्द्रिय सचिव अस्मिका राई, खेलकुद विकास समितिका जिल्ला अध्यक्ष मनोज राई, उद्योग वाणिज्य संघ, धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

 सो अवसरमा संघीय खानेपानी तथा सरसफाई मन्त्रि राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय दसरथ राईलाई कार्यक्रम आयोजक संस्था किरात राई यायोखा जिल्ला कार्य समिति धनकुटाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो।  उक्त कार्यक्रमको संचालन यायोखा जिल्ला सचिव कला राईले गरेकी थिईन।