धरान । नेपाल लेखक संघ सुनसरीले कोशी प्रदेशको राजधाानी विराटनगर आएको माैकामा संघका केन्द्रीय पदाधिकारी र गण्डकी प्रदेशका स्रष्टासँग आइतबार धरानमा छलफल गरेका छन् ।

छलफलमा संस्थाको स्थापनादेखि आजसम्म आइपुग्दा देखेका, भोगेका विषयबारे केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले बताए । उनले कोशीको कार्यक्रममा आएको समयपारि यहाँ पनि भलाकुसारी गर्न आएको बताए ।

यसलाई देशव्यापी बनाउने अभियानमा पनि संस्था रहेको बताए । उनले धरान साहित्य, राजनीति, पत्रकारितामा अग्रणी रहेको बताए ।

संघलाई फेैलाउनको लागि र लेखक दिवस मनाउने विषय पनि रहेको बताए । राज्यले अनेक दिवस मनाइरहदा लेखक दिवस मनाउने विषयमा माैन रहे पछि संघकै पहलमा वैशाखमा मनाउन थाालिएको बताए ।

IMG20240609094304

अग्रज पत्रकार एवं स्रष्टा हर्ष सुब्बाले ३० को दशकमा आफु पनि अति नै सक्रिय रहे पनि जनजीविकाको सवालका कारण अहिले कविता त्यति नलेखिएको बताए । 

संघका बारेमा रहेका विषयबारे पनि विराटनगरको कार्यक्रममा बुझ्ने माैका पाएको बताए । यस्तै स्रष्टा कृष्णप्रसाद अधिकारीले सुरु सरुमा केही कविता कोर्ने भए पनि पछिल्लो समय कथा लेखनतिर लागेको बताए । 

IMG20240609094316

त्यस्तै स्रष्टा गिरिराज आचार्यले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन विजय घिमिरेले गरेका थिए ।