श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ  २७ गते आइतबार, ९ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि १६ः०० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पुनर्वशु २०ः३४ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर, विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयताका लागि अलि चनाखो रहनुहोला।अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखार आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन तथा ज्ञानको भण्डार बढ्नेछ, मिहिनेत गर्नुहोला।रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर जुट्नेछ तर, आलश्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि खर्चनु पर्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ।