धरान । सुनसरीको धरानस्थित एम्स एकेडेमीको एम्स क्रिएटिभ समूहले एम्स एसईई रन गर्ने भएको छ ।

आउँदो जेठ २६ गते आयोजना हुने प्रतियोगितामा हालै एसईई दिएर बसेका विद्यार्थीहरू सहभागी हुन पाउने छन् । मिनी म्याराथनमा विजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी पाउने अध्यक्ष अंकित श्रेेष्ठले जानकारी दिए ।

त्यस्तै दोस्रो हुनेले नगद तीन हजार र तेस्रो हुनेले नगद एक हजार रूपैयाँसहित ट्रफी पाउने छन् । साथेै विजेताहरूलाई धरानका विभिन्न कलेजमा शतप्रतिसत, ७५ र ३५ प्रतिशत छात्रवृत्ति वितरण गरिने कलेजका प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिए ।

कलेज परिसरबाट सुरु भई धरानका विभिन्न क्षेत्रमा पुगी पुन: कलेज परिसरमा अन्त्य गरिने जनाइएको छ । 

IMG20240603151632