नेपाली महावाणिज्य दुतावास हङकङले ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस र नेपालको १७ औं गणतन्त्र दिवस भव्य रुपमा मनाएको छ ।

बुधबार दुई चरणमा आयोजीत कार्यक्रम अन्तर्गत पहिलो चरणमा सगरमाथा दिवस मनाइएको थियो । सो कार्यक्रममा सगरमाथा आरोही हङकङका जोन साङ र हङकङ चाईना माउन्टेरिङ एन्ड क्लाईम्बिङ युनियनका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै युनियनकी प्रतिनिधि लि ले आफ्नो समूहले सन् २०१९मा सगरमाथा आरोहण गरेको स्मरण गरिन् । उनले नेपालको प्राकृतिक सुन्दरता र हिमालहरुको वणर्न गर्दै नेपाल भ्रमणका लागि आव्हान समेत गरिन् ।

everst day (5)

कार्यक्रममा नेपालका हिमालहरु सम्बन्धि श्रव्यदृष्य सामग्री सँगै नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

सोहि दिन दुतावासले हङकङ र मकाउका नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराएर नेपालको १७ औं गणतन्त्र दिवस मनाएको छ । कार्यक्रममा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएका शुभकामना सन्देश बाचन गरिएको थियो । सो अवसरमा हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगरले हङकङ र मकाउमा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका थिए । 

everst day (3)

हङकङको ब्लु ओसन रेष्टुरेन्टमा भएको कार्यक्रममा एनआरएनए, च्याबर अफ कमर्श तथा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिका साथै व्यापारी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।