Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • ‘युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला’

‘युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला’

alt
  • जेठ १७, २०८१
  • ब्लाष्ट खबर

विराटनगर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएका छन्। विराटनगरमा आयोजित श्रमाधान रोजगार मेला सफलताको शुभकामना दिँदै उहाँले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको दूरी हटाउन मेला फलदायी हुने बताए।

मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको मन्त्री अर्यालले जानकारी दिएका छन्। तीनै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने बताए।
यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने उनले जानकारी दिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजी कमजोर भएकाले रोजगार सिर्जना कम भएको बताए। उनले भने, “पुँजी कमजोर भएका कारण उद्योग फस्टाउन सकेनन साथै रोजगार पनि सिर्जना हुन सकेन ।”
बैंकको चर्को ब्याज र कोभिड–१९ का कारण थला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पुँजी बलियो बनाउनुपर्ने जोड दिए उनले विराटनगरको जोगबनीदेखि चीन जोड्ने किमाथाङ्का बाटो निर्माण भए हजारौँ रोजगारी सिर्जना हुने बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर भएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच दूरी घटाउन मेला आयोजना गरिएको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्ने वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय छन भने। राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबैभन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रको मागप्रति गम्भीर बन्नुपर्ने धारणा राखेका छन्। निजी क्षेत्रले संयोजन गरेको उक्त मेला शुक्रबारसम्म चल्ने छ।

सम्बन्धित समाचार
आगलागीमा परी वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत् ...

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलाम ...

धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम

धरान । धरान उपमहानगरपालिकाले धरानको टर्मिनलसहितको आधुनिक बसपार्कको ठेक्कामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगलागीमा परी वृद्धको मृत्यु
सुनको मूल्य निरन्तर उकालोतिर
धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम
नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व
युके पठाइदिने नाममा ठगी
याक्थुङ संस्कृतिको सुन्दर ‘मिम्लेनफुङ’
स्काउटद्वारा बृहत् साहसिक क्रियाकलापको तयारी
आजको राशिफलः २०८२ साल मङ्सिर २८ गते आइतबार
मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा सम्पन्न
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा
कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा
कामधेनुको अनियमितताबारे बोल्दा शेयर सदस्य चैट
“श्रम संस्कृतिले आउँदो निर्वाचनमा बहुमत ल्याउँछ”
९२१ केजी गाँजा बरामद
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved