धरान । विद्यार्थीको अध्ययनका अलावा बोल्ने कलाको क्षमता विकासका लागि एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल धरान–६ पानबारीले वक्तृत्वकला आयोजना गरेको छ ।

शुक्रबार स्कुलमा नै विद्यार्थीबीच प्रतिस्पर्धा गराएर वक्तृत्वकला आयोजना गरेको विद्यालयका शिक्षक खगेन्द्र श्रेष्ठले वताए । शिक्षक श्रेष्ठका अनुसार कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी उक्त वक्तृत्वकलामा सहभागी भएका थिए । ४० जनाभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा कक्षा १० मा अध्ययनरत निशान विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा कक्षा १० कै लोचना सिग्देल दोस्रो, झुमा सुन्चेउरी तेस्रो र सान्त्वनाद्वय पेरिजा दाहाल र हिमा घिमिरे बनिन् । कार्यक्रमका प्रमुख अतिथि स्कुलको बाल क्लब अध्यक्ष कुशल प्याकुरेलको अध्यक्षतामा भएको हो भने प्रमुख अतिथि स्कुलकी टिम क्याप्टेन हिमा घिमिरे थिइन् ।  वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरू स्कुलका शिक्षकहरू खगेन्द्र श्रेष्ठ, मञ्जु तामाङ र चेतन खतिवडाले गरेका थिए ।

धरानको पर्यटन, सम्भावना र चुनौतीको विषयमा विद्यार्थीले बोलेका थिए । एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष सन्तवीर पौडेलका अनुसार विद्यार्थीको लागि अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितालगायत विविध कार्यक्रम आयोजना गरेको बताए ।