विजयपुर । मिस ग्राण्ड नेपालको अडिशन कोशी प्रदेशका विभिन्न  स्थानमा भइरहेको छ ।

आरके इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित सुन्दरी प्रतियोगिताको सोमबार धरानमा अडिसन सम्पन्न भएको छ । अडिसनमा ६ जना सहभागी भएका थिए ।

धरान अडिसन टप युनिभर्सलको सहकार्यमा प्रबन्ध निर्देशक प्रकाश लकान्द्रीले जानकारी दिए । उनका अनुसार धरान अडिसन पुनः गराइनेछ । आरके इन्टरनेट प्रबन्धक निर्देशक राम केसीका अनुसार आइतबार इटहरी अडिशन सम्पन्न भएको छ ।

इटहरी अडिशनमा ९ जना सहभागि भएका थिए ।  दमक अडिशन शनिबार सम्पन्न भएको छ । दमक अडिसनमा ७ जना सहभागी भएको जानकारी दिए । उनले दमक अडिसनको विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिने बताए । उनका अनुसार सहभागीबाट एक जनालाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइनेछ ।

अडिसनको निर्णायकमा डा. एन.एल. राजवंशी, सत्रुघन अन्सारी, सिवानी सुब्बा र लोकेन्द्र श्रेष्ठ रहेका थिए । प्रतियोगितामा नेपालभरको अडिसनबाट २५ जनाले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।