विजयपुर । युवराज शङ्कर र मिलन शङ्करले आफ्नो बुबाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

शङ्कर दाजुभाइले स्वर्गीय बुबा सुरज शङ्करको नाममा अक्षयकोष स्थापना गरेका हुन् । विश्वकर्मा कल्याण सेवा समिति धरानको ३२ औँ साधारणसभामा बुबाको १ सय १ औं पुण्य तिथिका अवसरमा अक्षयकोष स्थापना गरेका हुन् । 

दाजुभाई शंकरले संस्थाको नियम अनुसार ५ हजार एक सय रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । साथै बुबाको स्मृतिमा दुई वटा पोर्टेबल ग्याँस चुलो पनि प्रदान गरेका हुन् । उक्त सामग्री संस्थाका अध्यक्ष खड्गबहादुर विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । धरान–३ स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न साधारणसभामा धरान–३ का वडाध्यक्ष विद्या शाक्यलगायतको उपस्थिति रहेको थियो ।