नेपाल   कम्युनिष्ट पार्टी  एमाले सुनसरीको ८ ओैं जिल्ला अधिवेसन जेठ ५ देखि ७ गतेसम्म इटहरीमा हुने भएको छ।

  सोमबार इटहरीमा पत्रकार सम्मेलन गरि पुर्व उप्रधानमन्त्री इस्वर पोखरेलको प्रमुख आतित्थ्यतामा इटहरीको लायन्स जिल्ला अधिवेशनबारे जानकारी गराएको छ।

 अधिवेशनको पहिलो दिन जेठ ५ गते बिहान स्वागत कार्यक्रम उद्घाटन गरिने छ। अधिवेसनको लागी ६ सय ९५ जना प्रतिनिधीहरु नाम चयन गरिएको छ।

त्यसमा महिला,दलित, जनजाती लगाए अन्य समुदायको समेत प्रतिनिधीत्व गराई समावेसी सहभागीतामा अधिवेसन गर्ने तयारी भएको कार्यक्रमका अध्यक्ष निलम खनालले बताए। अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ।

 कार्यक्रममा  १ सय ३५ जनाको नयाँ कमिटी सदस्य चयन गर्ने उनले उक्त कमिटी सदस्य सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा रहने जानकारी गराएका छन्। 

कार्यक्रम यातायात, स्वास्थ्य सेवा, खानाको व्यवस्थापन लागि समेत समिति बनाएर कार्यक्रम उत्कृष्ट ढंगले गरिने उदेश्य रहेको  नेकपा एमाले जिल्ला कमीटी सुनसरी उपाध्यक्ष निलम खनालले जानकारी गराएका छन् ।