श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल वैशाख ७ गते शुक्रबार, १९ अप्रिल २०२४, कालयुक्त संवत्सर। चैत्र शुक्ल पक्षको एकादशी  तिथि  २०ः१९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा ११ः०८ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः३५ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।बिहानको समय लाभदायक रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । हतारमा काम गर्दा दुःख पाइनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको काम रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि आत्मविश्वासको कमीले पछि परिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। मिहिनेतले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनसक्छ। कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।