धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो।

  मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो। अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गरेका छन । 

उक्त सडक ‘१५ महिनाभित्र कालोपत्रे गर्ने योजना रहेको उनले बताए। बाटो निर्माण भएपछि ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्ने उनको भनाई छ ।

  ७.१ किलोमिटर लामो सो सडक विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७ सय १८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो ।आर्थिक वर्ष २०८२/०८३ मा काम सक्ने गरी आशिष आशीर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।

तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन्। सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् ।