धरान । लायन्स क्लब अफ धरान विजयपुरका पूर्वअध्यक्ष जगतबहादुर गुरुङले धरान–१७ को श्री मा.वि.लाई १२ थान पङ्खा सहयोग गरेका छन् ।

गुरुङले आफ्नो दिवङ्गत पत्नी प्रेमकुमारीको स्मृतिमा विद्यालयलाई पङ्खा हस्तान्तरण गरेका हुन् । उक्त सामग्री जगतबहादुरससहित छोरी रेखा गुरुङ र धीरज गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन राईलाई हस्तान्तरण गरे ।