विजयपुर । सुनुवार सेवा समाजको कोशी प्रदेश सम्मेलन हुने भएको छ ।

यही वैशाख ८ गतेदेखि धरानमा हुने सम्मेलनमा प्रदेशका ११ जिल्लाबाट तीन हजारजना उपस्थित हुने सम्मेलन व्यवस्थापन समितिका संयोजक टार्जन सुनुवारले आइतबार पत्रकार सम्मेलनमा बताए ।

उनले सुनुवारहरूले मुखिया लेखाउने प्रचलनले जनसङ्ख्या कम देखिएको पनि बताए । उनले सुनुवार भाषा बोल्ने सङ्ख्या कम रहेकाले भाषा र जाति जोगाउन सुनुवार समाज लागिपरेको बताए ।

सम्मेलन वैशाख ९ गते सम्पन्न हुनेछ । सम्मेलनको उद्घाटनमा पहिरनका साथ झाँकीसहित ¥याली हुने जनाइएको छ । समाजका अध्यक्ष एसा सुनुवारले कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले सम्मेलनको उद्घाटन गर्ने बताइन् ।