धरान । धरानस्थित प्राविधिक परामर्शदाता समाज (सेक) नेपालले नयाँ वर्ष २०८१ को अवसरमा भित्ते पात्रो सार्वजनिक गरेको छ ।

समाजले शुक्रबार धरानमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा कार्ययोजनासहितको भित्ते पात्रो सार्वजनिक गरिएको सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठ, सेक नेपालका अध्यक्ष टङ्कराज खत्री, स्थानीय भवन निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण लिम्बू, सेक नेपालका संस्थापक अध्यक्ष इन्द्र न्यौपाने लगायतले भित्ते पात्रो सार्वजनिक गरेका थिए ।

समाजले वर्षभरिको कार्य योजनासमेत सार्वजनिक गरेको सचिव श्रेष्ठले जनाएका छन् ।