धरान । मोरङको सुन्दरहरैँचा नगरपालिका–८  स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

सोमबार दिउँसो इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकलयात्री स्थानीय ७९ वर्षीय डम्बरुप्रसाद निरौलालाई ठक्कर दिएको थियो ।

घाइते भएका उनलाई उपचारको लागि विराटनगर नोबेल अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–२० का बलबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।