विजयपुर । धरान–१६ स्थित युएन नवोदय कलेजको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

धरान–१५ चुम्लुङ भवनमा विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बिएचएम तेस्रो सेमेस्टरको परीक्षामा नेपाल तेस्रो हुन सफल स्मारिका श्रेष्ठलाई सम्मानित गरिएको छ । उनलाई नगद ३० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरियो ।

बिएचएमतर्फ नै कोशी प्रदेशमा तेस्रो बनेकी रोजिना राईलाई १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर बेस्ट स्टुडेन्ट अफ एयर घोषणा भएकी कक्षा ११ व्यवस्थापनतर्फकी मेलिना श्रेष्ठ, होटल मेनेजमेन्टकी भावना तामाङ, विज्ञानतर्फकी ईशा राईलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले कलेजले गुणस्तरीय, व्यावहारिक शिक्षा दिइरहेको बताए । उनले कलेजका विद्यार्थीलाई रोजगारमुखी बनाएको बताए ।

यस्तै कलेजको कक्षा–१२ को अध्ययन पूरा गरेर परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई बिदाइ पनि गरिएको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल तुम्बापो, होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ, जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूलगायतले विद्यार्थीलाई बिदाइ गरे ।