श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २३ गते शुक्रबार, ५ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको एकादशी तिथि १३ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र धनिष्ठा १८ः२२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः४९ बजे र सूर्यास्त ०६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने काममा जग बसाउने अवसर जुट्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला । अरूका काममा समय बित्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । कामले उत्साह जगाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा केही प्रतिफल पाइनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ । काम थालनी गर्नुअघि विचार पु¥याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनु पर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यावसायिक यात्रा हुन सक्छ । अतिथिका रूपमा सत्कारसमेत पाइएला । भौतिक साधन जोड्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयबद्र्धक काम प्रारम्भ गर्न सकिनेछ । एकपछि अर्काे अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । व्यापार–व्यवसायबाट मनग्य लाभ हुनेछ ।