श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २२ गते बिहीबार, ४ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको दशमी तिथि १६ः३६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र श्रवण २०ः३० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ । पहिलेको चुनौती समाप्त होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । कमजोरीको फाइदा अरूले उठाउन सक्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। तर, परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला।रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ।