श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत ९ गते शुक्रबार, २२ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि भोलि ०७ः३३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मघा भोलि ०४ः४० बजेसम्म, पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः०५ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल योजना सार्वजनिक नगर्नु होला । काम बिग्रने डरले सताउनेछ । पहिलेको सम्झौता भङ्ग हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ । पछि लाभ हुने काम गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिम्मत गरे लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रशस्त धन आर्जन गर्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पनि सम्पादन हुनेछन् । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । प्रभावकारी काम नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष योजना सार्वजनिक नगर्नु होला । आकर्षक उपहारले उत्साह जगाउनेछ । नयाँ काम पाइने योग छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।