श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत ७ गते बुधबार, २० मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन  शुक्लपक्षको एकादशी तिथि भोलि ०२ः३८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुष्य २२ः५० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि–कर्कट, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले दाम र इनाम आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दोहो¥याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। साँझतिर जिम्मेवारी बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएको काम बन्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित बन्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूले काममा बाधा पु¥याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको यश लिने अवसर प्राप्त हुनेछ । सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।अरूको विश्वासमा पर्दा धोका हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइसँगको सम्पर्कले यात्राको सम्भावना देखिन्छ । नयाँ काम गर्ने अवसर मिल्नेछ।