काठमाडौं । कोकाकोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ ।

शुक्रबार काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ आयोजना गरियो । पार्टीमा पाँच सयभन्दा बढी सहभागी थिए । प्रत्येक सहभागीलाई २ सय ५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिइएको थियोे ।

खाद्य सुरक्षा र स्वच्छताको उच्चतम् मापदण्ड सुनिश्चित गर्न, एकजना फुड हाईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए । करिब १५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोकाकोलासँगै मोमोको स्वाद लिएका थिए ।

कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्, ‘कोकाकोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्छ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ । परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ ।’