श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत ४ गते आइतबार, १७ मार्च २०२४, पिङ्गलनाम संवत्सर। फाल्गुन  शुक्लपक्षको अष्टमी तिथि २२ः०७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा १६ः५९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः१० बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।पहिलेको सफलताले हौसला जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्ला।मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन सङ्ग्रहमा बाधा पुग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सदैव सजग रहनुहोला।