श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल फागुन २७ गते आइतबार, १० मार्च २०२४, पिङ्गलनाम संवत्सर। फाल्गुन  कृष्णपक्षको औंसी तिथि १४ः४७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वभाद्र भोलि ०२ः१० बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः१८ बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।परिस्थितिवश चिताएको काम रोकिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न नसकिएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। ईष्र्या गर्नेहरूले सताउने देखिएकाले गोपनीयतामा ध्यान दिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेसा–व्यवसायमा केही चुनौती आउन सक्छ। गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने स्थिति आउन सक्ला।