श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २६ गते शनिबार, ९ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको तिथि चतुर्दशी १८ः३४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र धनिष्ठा ०८ः०८ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष भेटघाट उपलब्धिमूलक रहनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व हातलागी हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त भइनेछ । जिम्मेवारी प्राप्त भए पनि केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेसा–व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्य कमजोर रहनेछ भने आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कामको चापबाट फुर्सद पाइनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा जटिल काममा पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।वैदेशिक यात्राको योग रहेको छ ।