श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन  २५ गते शुक्रबार, ८ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि २२ः१३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण १०ः५४ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः२० बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष स्थान प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने विशेष काममा जग बसाउने अवसर जुट्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । कामले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन्।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा केही प्रतिफल पाइनेछ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ । काम थालनी गर्नुअघि विचार पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिताएको काम बीचैमा रोकिनाले दोहो¥याउनु पर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुनसक्छ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अतिथिका रूपमा सत्कारसमेत पाइएला । भौतिक साधन जोड्ने समय छ। आयवद्र्धक काम प्रारम्भ गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्तको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ।