श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल फागुन २४ गते बिहीबार, ७ मार्च २०२४, पिङ्गलनामक संवत्सर । फाल्गुन कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः३५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तराषाढा १३ः१७ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको दिन केही सङ्घर्षमय रहने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धेरै समय अरूका लागि खर्चनु पर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ।   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसाबाट पनि प्रशस्त फाइदा हुनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा केही सजग रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको चाप बढे पनि सानोतिना समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । अतिथिका रूपमा सत्कार पाइने योग छ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ।