श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २३ गते बुधबार, ६ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको दशमी तिथि ०६ः५० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वाषाढा १५ः१८ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक काममा प्रवृत्त भइनेछ।व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोप्य सूचना बाहिरिनाले समस्या आउन सक्छ । आहारविहारमा ध्यान पु¥याउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तजनको सहयोग प्राप्त भैरहनेछ । सफलताले हौसला जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजयी भइनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् । योजना प्रारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा बढी खर्च हुन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।