श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन  २२ गते मङ्गलबार, ५ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको नवमी तिथि ०८ः२६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मूल १६ः१८ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः२३ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समय अनुकूल बन्दै जानेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ । दिगो योजना बनाउन सकिनेछ । रमाइलो यात्रा गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष कामका लागि बिहानको समय अनुकूल रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो व्यापारिक यात्रा हुनेछ । आकर्षक उपहारले काममा उत्साह जगाउनेछ । व्यक्तित्वमा पनि निखार आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिहानको समय सानोतिनो समस्यामा अलमलिनु पर्ला। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ने देखिन्छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ।