श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २१ गते सोमबार, ४ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको अष्टमी तिथि ०९ः१३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा १६ः४१ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः२४ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । समस्यामा शुभचिन्तकले साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पु¥याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । मनोरञ्जनको समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढिएका साथीभाइ नजिकिनेछन् । काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले प्रतिफल दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारबाट मनग्य फाइदा हुने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला । सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ।