श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल फागुन  २० गते आइतबार, ३ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको सप्तमी तिथि ०९ः०८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अनुराधा १६ः१५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः२५ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगमा तत्परता देखाउनेहरू पछि हट्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्दले चुनौती निम्त्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा दिगो काम थालनी गर्न सकिने समय छ।अवसर आए पनि फाइदा उठाउन मिहिनेत गर्नुपर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले साथ दिनेछन् तर, अरूको भर पर्दा काम बिग्रन सक्छ। गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। जिज्ञासा राख्दा विज्ञको मार्गदर्शन पाइनेछ।