श्री शालवाहनीय शाके १५४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १९ गते शनिबार, २ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको षष्ठी तिथि ०८:१५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र विशाखा १५:०१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०६:२६ बजे र सूर्यास्त ०६:०४ बजे हुनेछ ।

ज्यो.पंः मोहन घिमिरे मो.नंः ५८१०४२५२५१

मेष (चु, चे, चो, ला, लि. लि. द. ले. लो, अ) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । मित्रताको बन्धन कसिने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । ईष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।

तुला (र. रि. रु. रे. रो. ता. ति, तु, ते)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ । विस्तारै काम बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । आफ्नो प्रभाव बढ्न सक्छ । पेसा व्यवसायमा फाइदा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । दिगो योजनामा अधि बढ्दा फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा. सि. सु, से, सो, द) अन्योलमा मान्यजनको सुभ्झाव शिरोधार्य गर्दा लाभ हुनेछ।

रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च. चि)
आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ।