श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन १८ गते शुक्रबार, १ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन कृष्णपक्षको पञ्चमी तिथि  ०६ः४१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र स्वाती १३ः०५ बजेसम्म, उप्रान्त  विशाखा, चन्द्रमा राशि–तुला, सूर्याेदय ०६ः२७ बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन सङ्ग्रह हुनेछन् । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सफलताले हौसला जगाउनेछ भने विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ।  
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीमा लागत बढ्नेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि गरिएको मिहिनेत र लगानीले अवश्यै फाइदा दिनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा उपलब्धि हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । समय राम्रो देखिन्छ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । सन्तानको सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम प्रारम्भ होला।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला । बेलैमा योजना बनाएर गरेको कामले फाइदा दिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन् । प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ।।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।